कान्तिपुरमा मंसिर १४ मा प्रकाशित ‘काठमाडौं महानगरभित्र सुर्तीजन्य वस्तु निषेध’ शीर्षकको समाचार पढ्दा केही विषय राख्न मन लाग्यो । काठमाडौं महानगरले आगामी मंसिर २७ देखि सुर्तीजन्य पदार्थ (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कडलगायत प्लास्टिकमा प्याक गरिएका सबै) को भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने भएको रहेछ ।