मोडेर्नाको प्रभावित ब्याचको खोप लगाउँदा २ जनाको मृत्युबारे जापानले थाल्यो अनुसन्धान

भदौ १३, टोकियो । जापान सरकारले अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड–१९ विरोधी खोपको दूषित लटमा पर्ने खोप लगाएपछि दुई जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । शनिवार स्वास्थ्य मन्त्रालयले यसबारे बताएको हो । यही महीनाको शुरुमा मोडेर्नाको खोपको दोस्रो मात्रा लगाएका ३० र ३८ वर्षका दुई पुरुषको मृत्यु भएको थियो । मृत्यु भएका दुबैले बिहीवार सरकारले प्रयोगमा रोक लगाएको खोपको तीन लटमा पर्ने खोप लगाएका थिए । पाँच ओटा प्रिफेक्चरका आठ खोप स्थलहरुमा खोपको ३९ ओटा भाइलमा धातुको कण पाइएको थियो । मृत्युको कारणहरुबारे अनुसन्धान भइरहेको मन्त्रालयले बताएको छ । अहिले खोप र मृत्युको कारण अज्ञात रहेको बताइएको छ । खोप लगाएपछि दुबै जनालाई ज्वरो आएको थियो ।  ती दुबैमा दीर्घ रोग वा एलर्जीलगायत केही समस्या नभएको मन्त्रालयले बताएको छ । स्वास्थ्य  मन्त्रालयले धातुको कण जस्तो वस्तु पाइएको ३९ भाइल खोप पर्ने तीन लटका १६ लाख ३० हजार मात्रा खोप प्रयोगमा रोक लगाएको छ । यी लटका खोपहरु जापानले देशभरका ८०० भन्दा धेरै खोप केन्द्रहरुमा वितरण गरेको थियो ।  देशका कयौं खोप स्थलहरुबाट खोपका प्रयोग नभएका भाइलमा बाह्य वस्तु पाइएको खबर आफूले पाएको जापानमा मोडेर्नाको खोप विक्री र वितरणको जिम्मा पाएको जापानी फर्मा कम्पनी ताकेदा फर्मास्युटिकल्सले बताएको छ । एजेन्सी  

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २३० जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् ।सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १६५२०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण झन बढ्दै, अतिरिक्त खोप लगाउँ, जोखिमबाट बचौं

काठमाडौं । कोरोना संक्रमितको संख्या सक्रिय रुपमा बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ । मंगलबार ५ हजार ५५ जनामा कोरोना परिक्षण गरिएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका सथै २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ९५ जना निको भएका छन् भने नयाँ […]

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

काठमाडौ।बिहिवारबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ।अबदेखि फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना लाग्ने भएको छ।अप्पर सोलु हाइड्रोको आईपीओ असार २० गते देखि खुल्दै छ र भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु हुन पुगेको छ।

थप २१९ जनामा कोरोनाभाइरस पुष्टि, २४ घण्टामा ७६ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ । मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यस्तै हालसम्म

९८ लाखले लगाए पूर्ण खोप, १ करोड ६० लाख डोज खोप भण्डारमा

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ६३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । थप २ जनाको मृत्यु भएको छ ।

९८ लाखले लगाए पूर्ण खोप, १ करोड ६० लाख डोज खोप भण्डारमा

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ६३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । थप २ जनाको मृत्यु भएको छ ।

९८ लाखले लगाए पूर्ण खोप, १ करोड ६० लाख डोज खोप भण्डारमा

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ६३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । थप २ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो  २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना अस्पतालबाट निको भएर फर्किएका छन् ।अहिले देशभर ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कोरोना खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम

एक अध्ययनमा कोरोना खोपको एक डोजमात्र लगाउनेलाई संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।

कोरोना खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम

एजेन्सी।एक अध्ययनमा कोरोना खोपको एक डोजमात्र लगाउनेलाई संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।