न्यायिक विचलन देखिएको भन्दै सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा आइतवार महाअभियोग प्रस्ताव दर्ता गरेको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)का ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको प्रस्तावमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एसका जीवनराम श्रेष्ठ प्रस्तावक छन् ।
चोलेन्द्रमा कार्यक्षमता अभाव देखिएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र न्या...