नेकपा एमालेले सत्तारुढ गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।
एमाले नेताहरूले सत्ता गठबन्धन स्थानीय तहको चुनाव टार्न खोजेको एमाले नेताहरूले आरोप लगाएका हुन् ।
एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार सन्देश लेख्दै सत्ता गठबन्धन निर्वाचन टार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । ‘संघीयताको च्याम्पेन भएको दाबी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा छन्,’ पोखरेलले लेखे...