काठमाडौं (अस) । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाको एफजेड भीथ्री कनेक्ट एक्स मोडल नेपालमा भित्र्याएको छ । कम्पनीले डिजिटलाइज र गतिशील पुस्तालाई लाभ पु¥याउने लक्ष्यसहित नयाँ मोटरसाइकल नेपालमा भित्र्याइएको बताएको छ । भी–थ्रीमा सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको छ ।
यसमार्फत गुगल प्लेस्टोर र आईओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिन सकिनेछ । ब्लुटुथको प्रविधिको पहिलो सुविधा एन्सर ब्याकद्वारा बाइकको इन्डिकेटर बल्नेछ भने हर्न बज्न थाल्नेछ । यसले आफ्नो साधन कहाँ राखिएको छ भनेर चालकले बिनाझन्झट थाहा पाउन सक्नेछन् । ई–लक प्याट्रन सुविधासहितको यो मोटरसाइकलमा लोकेट माई बाइक ब्लुटुथ राखिएको छ । यो फिचर मोबाइल एपमा क्लिक गरे बाइकको इन्डिकेटर १० सेकेन्डसम्म लगातार बल्ने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा राइडिङ हिस्ट्री समावेश गरिएकाले आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिनेछ भने पार्किङ रेकर्ड रहेकाले बाइकधनीले आफू रहेको स्थानबाट पार्किङको नक्सा पाउन सक्नेछन् । मोटरसाइकलमा जडान गरिएको हजार्ड सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराबारे सचेत पार्नेछ ।
एमएडब्लुका सीईओ राजु क्षेत्रीले भने, ‘ब्लुटुथ सुविधाबाहेक १३५ केजी वजनको यो बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ । बीएसभीआई र एबिएसजस्ता सुविधा अपग्रेड गरिएको छ ।’ कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३७९,९०० रुपैयाँ तोकेको छ ।