युरो २०२० अन्तरगत फिनल्याण्डबिरुद्धको खेलमा क्रिस्टियन एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’ भएको डेनमार्कको फुटबल टोलीका डाक्टर मोर्टेन बोसेनले बताएका छन् । यसअघि, अधिकारीहरुले अस्पतालमा एरिक्सनको अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।शनिबारको खेलको पहिलो हाफको अन्तयतिर एरिक्सन मैदानमा नै ढल्न पुगेका थिए । ‘हामीले उनलाई गुमाइसकेका थियौँ । हामीले कार्डियाक रिसक्सीटेसन गर्यौँ । त्यो कार्डियाक अरेस्ट थियो,’ उनले भने, ‘हामी उनलाई गुमाउन कति नजिक थियौँ ? थाहा छैन तर एउटा डिफिब्