निःशुल्क अक्सिजन सहयोग गर्दै हाम्रो टीम नेपाल

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला हाम्रो टीम नेपालले सहयोग थालेको छ। आर्थिक अभावले अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भन्दै निःशुल्क अक्सिजन वितरण गर्न लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। हाम्रो सानो प्रयाससँगको सहकार्यमा विभिन्न स्थानबाट संकलन गरेका अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको उनको भनाइ छ।