प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टीम छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टीम छनोट गरिएको छ ।  जिल्लाभरबाट आएका खेलाडीको १ दिने छनोट प्रतियोगिता सञ्चालन गरी टीम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । ९ जनालाई छनोट गरी टीम बनाइएको हो । छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउँद, श्याम दयाल, गम्भीर साउँद, लक्ष्मण भट्टराई र विकास विष्ट रहेका छन् । वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भए...