प्राइम बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु

काठमाडौं, १७ साउन । प्राइम कर्मसियल बैंक लिमिटेडकले १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ। बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको […]

सम्बन्धित सामग्री

मुद्दती निक्षेपको अंश घट्दै

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूमा निक्षेप वृद्धिसँगै मुद्दतीको अंश घट्न थालेको छ । बैंकहरूले मुद्दती निक्षेपमा ब्याज घटाएपछि साधारण बचत वृद्धि भई मुद्दती निक्षेप घट्न थालेको हो ।  तरलता अभाव भएपछि निक्षेप बढाउन बैंकहरूले गतवर्ष ब्याजदर बढाएका थिए । यसले गर्दा बैंकमा मुद्दती निक्षेपको अंश बढ्यो । तर, चालू आर्थिक वर्ष (आव) मा तरलता सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अंश कम हुन थालेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९/८० को पुस मसान्तमा बैंक, वित्तीय संस्थासँग रहेको कुल निक्षेपको ६० दशमलव ३ प्रतिशत रकम मुद्दतीमा थियो । तर चालू आव २०८०/८१ को पुस मसान्तमा कुल निक्षेपमा मुद्दतीको अंश घटेर ५९ दशमलव ९ प्रतिशत कायम भएको छ । मुद्दती निक्षेप घट्दा साधारण बचत भने वृद्धि भएको छ । पोहोर पुसमा २५ दशमलव ६ प्रतिशत रहेको साधारण बचतको हिस्सा बढेर चालू आवको पुसमा २६ दशमलव ८ प्रतिशत पुगेको छ ।  बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिए । निक्षेप आकर्षित गर्नकै लागि उनीहरूले २१ वर्षमा शुरू निक्षेपको १० गुणासम्म दिने योजना पनि ल्याएका थिए । चालू आवको शुरूदेखि नै बैंकहरूले ब्याजदर घटाउन थालेपछि मुद्दती निक्षेपको अंश पनि घट्न थालेको हो । चालू आवको पुससम्ममा बैंक, वित्तीय संस्थाहरूले कुल ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा निक्षेप ६ दशमलव ६ प्रतिशतले बढ्दा कर्जा ४ प्रतिशतले मात्र विस्तार भएको छ ।  पोहोर पुस मसान्तमा बैंक, वित्तीय संस्थासँग रहेको कुल निक्षेपमा ६० दशमलव ३ प्रतिशत रकम मुद्दतीमा थियो, यसपालि पुस मसान्तमा मुद्दती निक्षेपको अंश ५९ दशमलव ९ प्रतिशत छ । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आवको साउनदेखि ब्याजदर निर्धारणमा भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर तोक्न पाउने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको वाणिज्य बैंकको अधिकतम ब्याजदर माघमा आइपुग्दा ८ प्रतिशतभन्दा तल झरेको छ ।  राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज दिइने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीमा साधारण मुद्दतीको तुलनामा थप १ प्रतिशत बढी ब्याज दिन पाउने प्रावधान छ । यसले गर्दा बैंकहरूले तरलता कम हुँदा निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिने गरेका छन् । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाउँदै लगेका हुन् ।  बैंकहरूले ब्याजदर घटाएपछि आधारदर पनि एकल अंकमा झरेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव ९१ प्रतिशत रहेकोमा २०८० पुसमा ९ दशमलव ३५ प्रतिशतमा झरेको छ ।  यसैगरी निक्षेपको औसत ब्याजदर ८ दशमलव ५१ प्रतिशतबाट ७ दशमलव ३२ प्रतिशतमा र कर्जाको औसत ब्याजदर १२ दशमलव ७९ प्रतिशतबाट ११ दशमलव ३८ प्रतिशतमा ओर्लेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मुद्दतीबाट बचतमा सर्दै बैंकको निक्षेप

काठमाडौं। बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो ।  गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले ब्याजदर बढाएका थिए । त्यसपछि बैंकमा मुद्दती निक्षेपको अंश वृद्धि भयो । पछिल्ला महीनाहरूमा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको हिस्सा घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९/८० सम्ममा बैंक, वित्तीय संस्थासँग रहेको कुल ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेपमा ५८ दशमलव ९ प्रतिशत मुद्दतीमा थियो । त्यसभन्दा अघिल्लो आवमा बैंकहरूमा मुद्दती निक्षेपको अंश ५५ दशमलव ८ प्रतिशत थियो ।  तरलता अभाव भएपछि गत आवमा बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिए । निक्षेप आकर्षित गर्नकै लागि १० गुणासम्म प्रतिफल दिने गरी २१ वर्ष अवधिसम्मका योजनाबाट निक्षेप संकलन गरे । त्यसले गर्दा गत आवको पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसम्म पुग्यो । २०७९ पुसमा वाणिज्य बैंकहरूको ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । पुसयता बैंकहरूले ब्याजदर घटाउन थालेपछि भने मुद्दती निक्षेपको अंश घट्न थालेको हो । वैशाखदेखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।  राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीको बचतमा साधारण मुद्दतीको बचतलाई दिएभन्दा १ प्रतिशत बिन्दु बढी ब्याज दिन पाउने प्रावधान छ । यसकारण बैंकहरूले निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिँदै आएका छन् ।  २०८० असारमा बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७ दशमलव ७ प्रतिशत, बचत २६ दशमलव ६ प्रतिशत, अन्य ६ दशमलव ८ प्रतिशत छ । २०७९ असारमा चल्ती निक्षेप ८ दशमलव ९ प्रतिशत, बचत २७ दशमलव ६ प्रतिशत र अन्य ७ दशमलव ७ प्रतिशत थियो ।  २०७९ पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसहित उच्च बिन्दुमा पुग्दा चल्ती ७ दशमलव ८, बचत २५ दशमलव ६ र अन्य ६ दशमलव २ प्रतिशत थियो । पुसको तुलनामा असारमा मुद्दती निक्षेपको अंश घट्दा बचत तथा अन्य निक्षेपको अंश बढेको छ ।  तरलता अभाव भएपछि बैंकहरूले साधारण बचतलाई मुद्दतीको ब्याज दिएकाले पनि मुद्दतीको अंश बढी भएको हो । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाएका छन् ।  बैंकहरूले भदौका लागि प्रकाशित गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १० दशमलव ८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ । डेढ वर्षयता बैंकर्स संघमार्फत निर्धारण गरी एउटै ब्याजदर लागू गर्दै आएका बैंकहरूले साउनदेखि भने फरकफरक ब्याजदर निर्धारण गर्न थालेका हुन् ।

वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको छूट योजना

काठमाडौं । कुमारी बैंकले २२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधा प्रवाह गर्न प्रतिबद्ध रहेको बैंकले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न योजना सार्वजनिक गरेकोे छ । योजनाअनुसार सम्पूर्ण बचत खातामा लकर मार्जिनमा ७५ प्रतिशत छूट दिइने बताइएको छ । बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नि:शुल्क दर्ता तथा वार्षिक शुल्कमा छूट प्रदान गर्ने भएको छ । प्रारम्भिक बीज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ मुद्दती’ खातासमेत सञ्चालनमा ल्याइएको जानकारी बैंकले दिएको छ ।

प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दति खाता

प्राइम कमर्सियल बैंकले प्राइम धनवृद्धि मुद्दती खाता, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता सञ्चालनमा ल्याएको छ ।प्राइम धनवृद्धि मुद्दति खाता नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दति खाता विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता संस्थागत लगानीकर्ताका लागि लक्षित गरी सञ्चालनमा ल्याएको हो […]

प्राइम बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरू

प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत)०, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरूका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता  (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरूका लागि  लक्षित गरी सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार ग्रा

बैंकिङ प्रणालीमा थपियो निक्षेप, विकास खर्च वृद्धि की ब्याजदर बढाएको प्रभाव ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । सरकारको पूँजीगत खर्चमा वृद्धि र बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदरसमेत बढाएपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको हो ।  नेपाल बैंकर्स संघका अनुसार फागुन महीनामा वाणिज्य बैंकहरूमा २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । माघ महीनामा भने बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो ।  बैंकहरूले माघ महीनाको तुलनामा फागुनमा बचतको ब्याजदर १० प्रतिशतले वृद्धि गरेका थिए । यसअनुसार वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका थिए ।  निक्षेप उत्साहजनक वृद्धि नभए पनि सामान्य सुधार देखिएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्ययले जानकारी दिए । बैंकहरूले चैत महीनामा ब्याजदर वृद्धि गरेका छैनन् । माघ मसान्तको तुलनामा फागुन मसान्तमा १७ ओटा बैंकको निक्षेप वृद्धि भएको छ भने १० ओटाको घटेको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको निक्षेप ४ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । यसैगरी सबैभन्दा बढी नबिल बैंकको २ अर्ब ७८ करोड निक्षेप घटेको छ । चालू आर्थिक वर्ष शुरू भएलगत्तै कर्जा प्रवाहमा आक्रामक भएका बैंकहरूको कर्जा–निक्षेप (सीडी) अनुपात तथा तरलता अभावका कारण खुम्चिन थालेको छ । बैंकहरूले फागुनमा १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । अघिल्लो महीना पनि १२ अर्ब मात्र कर्जा लगानी गरेका थिए । फागुन मसान्तमा बैंकहरूको औसत सीडी अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको बैंकर्स संघले जानकारी दिएको छ । बैंकहरूले २०७९ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभन्दा कम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।  राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले हाल २२ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । बैंकिङ प्रणालीमा १२–१५ अर्ब तरलता भए पनि सीडी रेसियोका कारण बैंकहरूको कर्जा प्रवाह खुम्चिएको उनले बताए । चालू आवको ८ महीनामा वाणिज्य बैंकहरूले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।  बैंकहरूको कर्जा प्रवाह वार्षिक लक्ष्यभन्दा बढी भएपछि राष्ट्र बैंकले निरुत्साहित गर्न बैंकदर वृद्धि गर्नुका साथै विभिन्न सामान आयातका लागि नगदमै मार्जिन राख्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

राष्ट्र बैंकले कडाइ गरेपछि मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्दै लघुवित्त

फागुन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्न थालेका छन्  । विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाले मुद्दती निक्षेप र शेयरबजारमा पैसा लगानी गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको थियो । यस कारण लघुवित्त संस्थाहरूले लगानीमा रहेको रकम झिकेर कर्जा प्रवाह वृद्धि गरेका हुन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पुससम्ममा लघुवित्तहरूको ९ अर्ब ९१ करोड रुपैयाँ शेयर लगानी तथा मुद्दती निक्षेपमा थुप्रिएको छ । अघिल्लो आवको तुलनामा लघुवित्तहरूको लगानी ३२ प्रतिशतले घटेको छ । गत पुससम्ममा लघुवित्तहरूको लगानी १७ अर्ब ३७ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा अनिवार्य रूपले लगानी गर्नुपर्ने रकम लिएर लघुवित्त संस्थाहरूले शेयरमा लगानी गर्नुका साथै बैंकमै मुद्दती निक्षेपमा राख्दै आएका छन्् । चालू आवको पुससम्ममा लघुवित्त संस्थाहरूको कुल लगानीमध्ये ७७ करोड सरकारी सुरक्षणपत्रमा रहेको छ । यसबाहेक मुद्दती निक्षेपमा ८ अर्ब २७ करोड थुप्रिएको छ । यसैगरी शेयर तथा डिबेन्चरमा ११ करोड ८४ लाख र अन्य लगानीमा ७५ करोड १७ लाख रुपैयाँ रहेको छ । विपन्न वर्गलाई लगानी गर्नुपर्ने रकम लघुवित्त संस्थाहरूले मुद्दती निक्षेपमा राखेर ब्याज खाने र शेयरमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले यसमा कडाइ गर्न थालेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७८ मार्फत लघुवित्त संस्थाहरूलाई शेयर लगानीमा रोक लगाइसकेको छ । निर्देशनअनुसार लघुवित्तले संगठित संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यसैगरी लगानीमा रहेको शेयर विक्रीका लागि भने २०७९ असारसम्मको समय दिएको छ । यसैगरी लघुवित्तहरूलाई बैंकमा मुद्दती निक्षेप राख्नसमेत राष्ट्र बैंकले रोक लगाइसकेको छ । लघुवित्तले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषहरूबाहेकको रकम बैंक तथा वित्तीय संस्थामा ३ महीनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको कडाइसँगै लघुवित्तहरूको लगानी भने घट्दै गएको हो । गत आवको पुससम्म लघुवित्तहरूको १५ अर्ब ३० करोड मुद्दती निक्षेपमा र १३ करोड शेयरमा लगानीमा रहेको थियो ।  नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा गत कोभिड महामारीका कारण कर्जा प्रवाह गर्न नसक्दा लघुवित्तको पूँजी मुद्दती निक्षेपमा थुप्रिएको स्वीकार गर्छन् । ‘कोभिडका कारण कर्जा प्रवाह नहुँदा मुद्दती निक्षेप, शेयरमा लगानी भएको हो,’ शर्माले भने । शर्माका अनुसार अहिले अवस्था सामान्य रहेको र राष्ट्र बैंकको समेत कडाइले लगानी घटेर कर्जा वृद्धि भएको छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको हो । बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ । कात्तिका महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकलाई हस्तक्षेप गर्न दबाव बढेको थियो । सीडी रेसियोको व्यवस्था हटाउन माग गरे पनि राष्ट्र बैंकले त्यसलाई सम्बोधन नगरी ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ ।

ब्याज दरबारे राष्ट्र बैंकको कडा निर्देशन, तोकिदियो वृद्धि गर्न पाइने दर

बैंकहरुले आफु खुसी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले कडा निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले मंगलबार अबेर नयाँ निर्देशन जारी गरेको हो । आज अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस अघि यस्तो सीमा नरहेको अब १० प्रतिशतको सीमा लगाईएको हो  । त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ ब्यबस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार  भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।यस संगै अब अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशत भन्दा बढीले नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकले ब्याजदर घटाउनु पर्ने भएको छ  । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि यो निर्देशन जारी गरेको हो ।