मुद्दतीबाट बचतमा सर्दै बैंकको निक्षेप

काठमाडौं। बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो ।  गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले ब्याजदर बढाएका थिए । त्यसपछि बैंकमा मुद्दती निक्षेपको अंश वृद्धि भयो । पछिल्ला महीनाहरूमा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको हिस्सा घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९/८० सम्ममा बैंक, वित्तीय संस्थासँग रहेको कुल ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेपमा ५८ दशमलव ९ प्रतिशत मुद्दतीमा थियो । त्यसभन्दा अघिल्लो आवमा बैंकहरूमा मुद्दती निक्षेपको अंश ५५ दशमलव ८ प्रतिशत थियो ।  तरलता अभाव भएपछि गत आवमा बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिए । निक्षेप आकर्षित गर्नकै लागि १० गुणासम्म प्रतिफल दिने गरी २१ वर्ष अवधिसम्मका योजनाबाट निक्षेप संकलन गरे । त्यसले गर्दा गत आवको पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसम्म पुग्यो । २०७९ पुसमा वाणिज्य बैंकहरूको ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । पुसयता बैंकहरूले ब्याजदर घटाउन थालेपछि भने मुद्दती निक्षेपको अंश घट्न थालेको हो । वैशाखदेखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।  राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीको बचतमा साधारण मुद्दतीको बचतलाई दिएभन्दा १ प्रतिशत बिन्दु बढी ब्याज दिन पाउने प्रावधान छ । यसकारण बैंकहरूले निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिँदै आएका छन् ।  २०८० असारमा बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७ दशमलव ७ प्रतिशत, बचत २६ दशमलव ६ प्रतिशत, अन्य ६ दशमलव ८ प्रतिशत छ । २०७९ असारमा चल्ती निक्षेप ८ दशमलव ९ प्रतिशत, बचत २७ दशमलव ६ प्रतिशत र अन्य ७ दशमलव ७ प्रतिशत थियो ।  २०७९ पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसहित उच्च बिन्दुमा पुग्दा चल्ती ७ दशमलव ८, बचत २५ दशमलव ६ र अन्य ६ दशमलव २ प्रतिशत थियो । पुसको तुलनामा असारमा मुद्दती निक्षेपको अंश घट्दा बचत तथा अन्य निक्षेपको अंश बढेको छ ।  तरलता अभाव भएपछि बैंकहरूले साधारण बचतलाई मुद्दतीको ब्याज दिएकाले पनि मुद्दतीको अंश बढी भएको हो । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाएका छन् ।  बैंकहरूले भदौका लागि प्रकाशित गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १० दशमलव ८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ । डेढ वर्षयता बैंकर्स संघमार्फत निर्धारण गरी एउटै ब्याजदर लागू गर्दै आएका बैंकहरूले साउनदेखि भने फरकफरक ब्याजदर निर्धारण गर्न थालेका हुन् । 

सम्बन्धित सामग्री

बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढ्यो

तरलताको अभाव झेल्दै आएका वाणिज्य बैंकहरूमा माघ महिनामा निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको छ । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु …

एक सातामै २० अर्बले बढ्यो निक्षेप

काठमाडौं, पुस १४ । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब […]

५२ अर्बले बढ्यो बैंकको निक्षेप

४ असोज, काठमडौं । साउनमा १ खर्ब ७ अर्ब भन्दा बढीले गिरावट भएको वाणिज्य बैंकहरुको निक्षेप भदौमा भने ५२ अर्ब भन्दा बढीले वृद्धि भएको छ । नेपाल सरकारले कर्मचारीको तलब तथा दशैं भत्ता भुक्तानी गरेसँगै बैंकहरुमा निक्षेप पनि बढेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् । असार २०७९ मा ४५ खर्ब ४१ अर्ब […]

एक हप्तामा १० अर्बले घट्यो बैंकको निक्षेप

१३ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो । १ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । ९ वैशाखमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ […]

नेपाल बैंकको निक्षेप–कर्जामा उच्च वृद्धि

काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुनमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बताइएको छ । गत फागुननेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको छ । २७ मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा ह्रास आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको छ । हाल वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब पुगेको छ । फागुनमा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ भने कर्जा प्रवाह १७  अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने ९०.०३ प्रतिशत छ । हाल बैंकले २१३ शाखा, १४७ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकको निक्षेप घट्यो

काठमाडौं, २६ साउन । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । यो चालु आवमा निक्षेप ६१ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ । साउन महिनाको पहिलो […]

वाणिज्य बैंकको निक्षेप सङ्कलन प्रभावित

नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन

वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित

नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अ

वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

काठमाडौं, बैशाख १४ । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघले […]