गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। कुल पूजामा आएका सर्वसाधरणहरूले सोही मौका छोपी नागरिकतालगायत अन्य सेवा लिन आउने गरेका कारण सेवाग्राहीको घुइँचो लागेको हो।गत बिहीबार मात्रै १५१ जना र गत शुक्रबार करिब १०० जनाले नयाँ नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी पुण्यविकम पौडेलले जानकारी दिए।सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपि जारी गरिएको थियो। मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपि, बुधबार ११३ जनाको नयाँ र ३९ प्रतिलिपि नागरिकता जारी गरिएक