सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ । जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलवार बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उहाँले बताउनुभयो ।
किसान याद...