जिल्ला प्रशासन कार्यालयमा नोबेल मेडिकल कलेजका विद्यार्थीको धर्ना

मोरङ – आन्दोलनरत नोबेल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन्। अस्पतालले एमबीबीएसमा अध्ययनरत विद्यार्थीसँग अस्पतालले निर्धारितभन्दा बढी शुल्क असुल गरेको जनाउँदै बुधबार दिउँसो करिब १ घण्टा प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्। विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्कविपरीत सम्बन्धन, छात्रावास, रजिस्ट्रेसनलगायतमा अस्पतालले शुल्क लिएको आरोप लगाउँदै आएका छन्। विद्यार्थीले बिहान […]

सम्बन्धित सामग्री

सहमतिविपरीत कक्षा चलाएपछि नोबेल मेडिकल कलेजमा तोडफोड

विराटनगर । अतिरिक्त शुल्क नतिरेका विद्यार्थीहरूलाई कक्षा प्रवेशमा रोक लगाएपछि नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।  जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विवादको समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने भनेर नोबेल मेडिकल कलेज सहमत भएको थियो । तर, नोबेलले यसअघि भएको सहमतिविपरीत आइतबार एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन गरको हो ।  लगातार आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार...