जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक वर्षमा विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न प्रकृतिका १४९ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दा थिए ।कुल १८५ वटा मुद्दामध्ये १५६ वटा फर्स्यौट भएको सो कार्यालयले जनाएको छ । २९ वटा मुद्दा भने चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ । कार्यालयमा कालो बजारी, अभद्र व्यवहार, जुवातास तथा सार्वजनिक अपराधका घटना लगायतका विषय सम्बन्धी मुद्दा दर्ता भएका थिए ।