लमजुङ : जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण भएको छ। मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पालिका स्तभ पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्।स्तम्भमा लमजुङका सवै पालिकाको चिनारी राखिएको छ। आधुनिक प्रविधिको प्रयोग गरेर पालिका र त्यसअन्तर्गतका वडाबारे बुझ्न सकिने गरी स्तम्भ पार्क निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। जिल्लाका राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएका र पर्यटकीय दृष्टिकोणल