काठमाडाैं : प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिए।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्क