काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही–४ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिंहलाई क्षेत्रिय कमिटीले सिफारिस नगरेपनि मधेश प्रदेश कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको हो । उनले मधेश प्रदेश कार्यसमितिमा उम्मेदवार सिफारिस गर्न निवेदन दिएका थिए ।