सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्। 

सम्बन्धित सामग्री

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका अमरेश सिंह विजयी

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।