जनकपुरधाम– मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघ सरकारले प्रहरी समायोजन नगरे प्रदेश सरकारले समानान्तर प्रहरी बनाउने चेतावनी दिएका छन्। बुधबार जनप्रतिनिधिसँग सूचनाको हकसम्बन्धी कार्याशालामा बोल्दै मन्त्री साहले प्रहरी समायोजन नगरे संघअन्तर्गत रहेको प्रहरी कार्यालयकै छेउमा प्रदेश सरकारको तर्फबाट कार्यालय खोल्ने चेतावनी दिएका हुन्। मन्त्री साहले प्रदेशबाट र संघबाट समेत प्रहरीसम्बन्धी कानुन बनिसके […]