७ दिनभित्र प्रहरी समायाेजन प्रक्रिया सुरु नभए सङ्घीय सरकारविरुद्ध आन्दाेलन गर्ने चेतावनी

धनुषा – मधेस प्रदेश सरकारले आउँदाे चुनावअघि नै प्रहरी समायोजन टुङ्ग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साह नेतृत्वको टोलीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माको समेत...