पाँच वर्ष कैदको माग गर्दै मन्त्री यादवविरुद्ध कांग्रेस नेताले दिए प्रहरीमा जाहेरी

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटसमक्ष जाहेरी दिएका हुन् । मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताको अवरोधप्रति आक्रोश व्यक्त गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने चेतावनी दिएकी थिइन् । रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २०६३ चैत ७ गते माओवादीका २७ कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।  उक्त प्रकरणलाई ...