जनकपुरधाम – मधेश प्रदेश सरकारले एक सप्ताहभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। पटक–पटक प्रहरी समायोजनको विषयमा संघीय सरकारलाई लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि कुनै […]