संघीय सरकारले आलटाल गरे हामी आफैं प्रदेश प्रहरी भर्ना गर्छौं : प्रदेश मन्त्री साह

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी हस्तान्तरणमा संघीय सरकारले आलटाल गरिरहेको भन्दै यही अवस्था रहे प्रदेशबाट संघीय प्रहरीलाई फिर्ता पठाउने चेतावनी दिएका छन् ।बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश सरकारलाई अहिलेसम्म प्रदेश प्रहरी हस्तान्तरण हुन नसकेको आरोप लगाए ।उनले संघीय सरकारले प्रहरी हस्तान्तरण नगरेमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्