काठमाण्डाै – नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बाेनस डाटा उपलब्ध गराउने भएको हो । दुई सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयाेग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा १० ...