नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ। रिचार्जकार्डबाट टपअप धेरै भइरहेको बेला नेपाल टेलिकमको मोबाइल रिचार्ज विद्युतीय माध्यबाट बढ्न थालेको छ । टेलिकमका अनुसार अहिले डिजिटल टपअप ४२ प्रतिशत पुगेको छ ।  सोमबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकम प्रवक्ता राजेश जोशीले विद्यूूतीय टपअपलाई प्राथमिकतामा...

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो ‘आइसिटी डे अफर’   मा अनलिमिटेड डाटा र कम्बो प्याक

वैशाख १७, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १९ गते मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।            कम्पनीले कम्पनीका ग्राहकहरूका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख) सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दए । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छूटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।            त्यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र  ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । उक्त अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।