नेपाल टेलिकम एपमा नमस्ते पे पनि जोडियो, अब सबै सुविधा एकैठाउँ

जेठ १८ काठमाडौं। नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा उपलब्ध हुने सम्बन्धमा यसैसाथ संलग्न प्रेस जानकारी प्रकाशनर प्रसारण गरिदिनु हुन अनुरोध छ ।   नेपाल टेलिकमको एपमा केहि नयाँ सुविधाहरु थप गरिएको छ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।  टेलिकमले  एपमार्फत विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल समेत थप गरिएको जनाएको छ । ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने भएको छ । त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न तथा  अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् ।  फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सिपिई  रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सकिनेछ ।  नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस  समेत लगइन गर्न सकिने छ ।  एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।  यसका साथै ब्यालेन्स  हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार को रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ ।  यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।।   

सम्बन्धित सामग्री

नमस्ते पेबाटै अब टेलिकमको डाटा र भ्वाइस प्याक लिन सकिने

नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक अब डिजिटल वालेट नमस्ते पे एपबाट लिन सकिने भएको छ । नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरु लिन सक्ने भएका हुन् ।  नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य...

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआरमर्चेन्ट पेमेन्ट सेवा

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।सेवा सञ्चालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीलाई भुक्तानी दिन सक्नेछन् । यसका साथै हालसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसाीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा […]

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा

काठमाडौं (अस) । नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा लिन सकिने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत ग्राहकले सो सेवा लिन सक्ने भएका हुन् । ‘नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापारी व्यवसायीलाई भुक्तानी दिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापारी व्यवसायीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत ‘गोल्ड स्टार’का शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ ।

टेलिकमको एपमा थप भयो नमस्ते पे सेवा, अन्य के के थपिए ?

नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी आफ्नो केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग...

इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’ सञ्चालनमा

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी डिजिटल प्रणाली नमस्ते पे आजबाट सञ्चालनमा आएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा नमस्ते पे सञ्चालनमा आएको हो ।छुट्टै कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीमार्फत नमस्ते पे सेवा सञ्चालनमा ल्याइएको हो । सो कम्पनीका सीईओ कृष्ण भण्डारीले हालका लागि सीमित सेवासहित नमस्ते पे सञ्चालनमा ल्याइएको र क्रमिक रुपमा […]

‘नमस्ते पे’ मंगलबार सार्वजनिक

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ मंगलबार सार्वजनिक हुँदै छ ।

‘नमस्ते पे’ आज सार्वजनिक हुँदै, इन्टरनेट नभए पनि रकम पठाउन सकिने

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकम र नेपाल वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित  नमस्ते पे लामो प्रतिक्षापछि आज सार्वजनिक गर्न लागेको हो ।  यसअघि गएको २२ गतेदेखि यसको आन्तरिक परीक्षण सुरु भएको थियो । परीक्षणकालमा नेपाल टेलिकमका स्टाफ र वाणिज्य बैंकका स्टाफबीच एपको प्रयोग...

इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने 'नमस्ते पे' सञ्चालनमा ल्याइँदै

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट केही दिनमै संचालनमा ल्याइने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा यो वालेट संचालनमा ल्याउन लागिएको हो।