२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा भेटिएका नेपाल टेलिकम र एनसेल का रिचार्ज कार्ड बरामद गरिएको हो । सुरक्षा वेश कुसुमले बरामद गरेका रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । […]

सम्बन्धित सामग्री

टेलिकमको १० लाखको रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको हो। कार्ड हराएपछि टेलिकमले एक सूचना जारी गरेको छ।

२‍‍१ लाख रुपैयाँ बराबरको रिचार्जकार्ड भेटियो

काठमाडौँ- बाँकेबाट २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको हो। नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मूल्यको रिचार्ज कार्ड बरामद गरेको हो।

काठमाडौंको ज्याठामा रहेको कल सेन्टरमा प्रहरीको छापा, ४ पक्राउ

काठमाडौं । चिनियाँहरुले सञ्चालन गरेका कल सेन्टरहरु फेला पर्ने क्रम झन् बढेको छ । बुधबार प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँलाई पक्राउ गरेको छ । ज्याठास्थित भियना होटल परिसरमै रहेको कलसेन्टरबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, झण्डै दुई लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु बरामद गरेको […]

टेलिकमको आम्दानी ६% घटेर ३४ अर्ब ५७ करोड

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को गत आर्थिक वर्षमा कुल आम्दानी ६.२ प्रतिशतले घटेर ३४ अर्ब ५७ करोड ६७ लाखमा सीमित भएको छ । कम्पनीले आघिल्लो वर्ष २०७५÷०७६ मा ३६ अर्ब ८६ करोड आम्दानी गरेको थियो । शुक्रबार सार्वजनिक पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार वैशाखदेखि असार मसान्तसम्ममा कम्पनीले ९९ करोड ४० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यही अवधिमा गत वर्ष टेलिकमले २ अर्ब ५५ करोड ८७ रुपैयाँ लाख खुद नाफा आर्जन गरेको थियो । टेलिकमले यो अवधिमा गरेको खुद नाफा गत वर्ष सोही अवधिको ३८ प्रतिशत मात्रै हो । कोभिड–१९ महामारीका कारण रोमिङ सेवाबाट हुने आय घटेको, सरकारको निर्देशनअनुसार भ्वाइस र डेटा सेवामा लकडाउन अवधिभर ३० प्रतिशत छुट दिएका कारण आम्दानी र नाफामा कमी आएको टेलिकमको विश्लेषण छ । वैशाखदेखि असार ३० गतेसम्म ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा छ । गत वर्ष यही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार भ्वाइस सेवाको आम्दानीमा गत आर्थिक वर्षमा २ अर्ब १६ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय रोमिङलगायत सेवाबाट हुने आम्दानीमा ५४ करोड रुपैयाँले कमी आएको छ । यही कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकमा आयतर्फ मात्रै करिब २ अर्ब रुपैयाँले कमी आएको कम्पनीको दावी छ । गत आर्थिक वर्षमा डेटा सेवातर्फको आम्दानी भने ७५ करोड रुपैयाँ वृद्धि भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा सेवाबापत हुने आम्दानी ६ प्रतिशत मात्रै कमी भएको टेलिकमको तथ्यांक छ । सेवातर्फ टेलिकमले गत आर्थिक वर्षमा ३४ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा टेलिकमको कमाइ ३६ अर्ब ८६ करोड रुपैयाँ थियो । टेलिकमले दिइरहेको सेवामध्ये फाइबर टू दी होम, लिज्ड लाइन र डेटातर्फबाट अरू सबै आयमा कमी आएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । लिज्ड लाइन र फाइबर टू दी होमको आय बढे पनि यसको कारोबार परिमाण निकै कम रहेकाले अन्य सेवाको आम्दानी परिपूर्ति हुन नसकेको टेलिकमको विश्लेषण छ । टेलिकमले ०७५ चैतदेखि आफ्नो रिचार्ज कार्ड बिक्रेतालाई कमिसनको सट्टा डिस्काउन दिन सुरु गरेको थियो । “कमिसन कुल बिक्री हिसाब गरिसकेपछि दिइने भए पनि डिस्काउन्ट सुरुमै दिने भएकाले आयमा कमी देखिएको हो,” विज्ञप्तिमा भनिएको छ । गत आर्थिक वर्षमा करिब ८० करोड रुपैयाँ डिस्काउन्ट दिइएको टेलिकमको भनाइ छ । सरकारको निर्देशनअनुसार लकडाउन अवधिमा रिचार्जमा शतप्रतिशत बोनसबापत् ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी रिचार्ज बोनस दिइएको टेलिकमको भनाइ छ । यस्तै डेटातर्फ ३० प्रतिशत छुट दिँदा करिब २३ करोड बराबरको सेवा निःशुल्क गरिएको थियो ।