बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।सूचनामा भनिएको छ, 'यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, NTFiber आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्ड