नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीमा सहमति जुट्न नसक्दा शुक्रबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् । यसअघि पनि केन्द्रीय कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पुस २५, २८ र माघ ८ हुँदै माघ २८ मा तय भएको बैठक पनि स्थगित गरिएको हो । मुख्यसचिव ढकालले विशेष कारणवश बैठक स्थगित भएको बताएपनि पार्टी केन्द्रीय पदाधिकारीमा भागबण्डा मिलाउन अध्यक्ष प्रचण्डल