सत्ता गठबन्धनमा भागबण्डा मिलेन, आज फेरि बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक आज पुनः बस्ने भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक अपरान्ह बस्ने परियारको भनाइ छ।कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता