काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी ‘गो क्यासलेस’ अभियान सञ्चालन गरेको छ । १२औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे अनुसार बैंकले नेपालगञ्ज र जानकीमा उक्त अभियान सञ्चालन गरेको हो । २०१९ अगस्टदेखि नै सुरु गरेको नगद रहित अभियान ४० हजार भन्दाबढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरिसकेको बैंकले जनाएको छ […]