नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र परेको छ । नेपालगञ्ज–दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको बिस्तार गर्ने योजना अघि सारिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोन्नति अलपत्र परेको हो । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीन अर्बको टेण्डर आह्वान भएको थियो । विभागीय मन्त्रीको निर्देशनमा टेण्डर […]

सम्बन्धित सामग्री

रानीतलाउको थप पूर्वाधार निमार्णसँगै स्तरोन्नति गरिँदै

खजुरा (बाँके), ३० फागुन । आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा […]

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति गरिने

नेपालगञ्ज – प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन्। कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु–१९ छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले कोहलपुर […]

नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक बन्ने

काठमाडौँ – बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ। युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माण गर्न बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो। चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने […]

विकास निर्माणमा प्राथमिकता दिन नेपालगञ्जवासीको आग्रह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा प्राथमिकता दिन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमाललाई आग्रह गरेको छ। मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डा धवलशमशेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए। नेपालगञ्जमा रहेका तालहरूको स्तरोन्नति गरी […]

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौँ / मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको... The post ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार appeared first on Purbeli News.

नेपालगञ्ज विमानस्थल द्रुत गतिमा काम हुँदै

नेपालगञ्ज विमानस्थललाई सुविधासम्पन्न हुने गरी स्तरोन्नति गर्न तयार पारिएको गुरुयोजनाअनुसार पहिलो चरणको काममा तीव्रता भइरहेको छ ।

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरिने

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका जेट विमान उडान भर्ने गरी स्तरवृद्धि गर्न १२ अर्ब ५० करोड लागतको गुरुयोजना (माष्टरप्लान) तयार गरिएको छ । सो विमानस्थलबाट ठूला–ठूला जेट र बोइङ विमानहरू समेत उडाउने लक्ष्यका साथ नागरिक उड्डयन प्राधिकरणले १२ अर्ब ५० करोड लगानीको गुरुयोजना तयार पारेको हो ।

रत्न राजमार्गको स्तरोन्नति सुरु

रत्न राजमार्गको नेपालगञ्जदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यका जोड्ने खण्डलाई व्यवस्थित बनाइने भएको छ। सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति भएको थिएन । कोहलपुर–वीरेन्द्रनगर ११५ किलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन्। सुर्खेततर्फ हर्रे–बाङ्गेसिमलसम्मको सडकमा भने स्तरोन्नति र खाल्टाखुल्टी पुर्ने काम धमाधम भइरहेको छ। केही समयअघिसम्म वीरेन्द्रनगर बजार क्षेत्रमै सडकको अवस्था निकै कुरूप थियो। खाल्टाखुल्टी, धुलोधुवाँले सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत यात्रा गर्न सकस हुन्थ्यो।

नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरिँदै

नेपालगन्ज ।  नेपालगन्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगन्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।    नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ...

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति सुरु

पश्चिम नेपालमै सबैभन्दा बढी उडान हुने र अत्यधिक व्यस्त रहने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको छ । सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोहीअनुसार काम सुरु भएको हो । उक्त गुरुयोजनाअनुसार नयाँ अत्याधुनिक टर्मिनल भवनको निर्माण सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी धीरेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले काम सुरु गरिए पनि सो टर्मिनल भवनको औपचारिक रूपमा शिलान्यास छिट्टै गरिने बताउनुभयो ।