लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

 लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।लक्ष्मी बैंकको २ अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । सूचीकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । आज एक कार्यक्रम बीच सो ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम

सम्बन्धित सामग्री

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।यही संकेतमा ऋणपत्र कारोबारमा […]

एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

वैशाख २२, काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

नबिल बैंकको ऋणपत्र सूचीकृत

मंसिर १५, काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  सूचीकृत भएको छ ।  कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै (बिहीवार) मंसिर १६ गतेदेखि ऋणपत्र कारोबारमा आउनेछ ।  कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर - २०८५ नामक ऋणपत्र सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र सूचीकृत

भदौ २१, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको  ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि खरीदविक्री गर्न सकिने छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्कासन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।  सोमवार गते नेपाल स्टक एक्सचेञ्ज  र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता भएसँगै मंगलवारदेखि कम्पनीको ऋणपत्र खरीदविक्री गर्न मिल्नेछ ।

मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचीकृत

भदौ १७, काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्सेमा) सूचीकृत भएको छ । कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा २०८४/ ८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो । उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच बिहीवार सूचिकरण सम्झौता भएसँगै आगामी आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

नेप्सेद्वारा बैंक अफ काठमाण्डूको ऋणपत्र सुचिकृत

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेले बैंकको ८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत गरेको जनाएको छ । आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको छ । आइतवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

नेपाल बैंकको ८.५० % ऋणपत्र सूचीकृत

साउन २६, काठमाडौं । नेपाल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ ।  बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब उक्त ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।  मंगलवार नेपाल स्टक एक्सचेञ्ज र बैंक बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएकाले  शेयरधनीले बुधवारबाट दोस्रो बजारमा खरीदविक्री गर्न सक्ने भएका हुन् ।

कृषि विकास बैंकको ४ % ऋणपत्र सूचीकृत

साउन २६, काठमाडौं । कृषि विकास बैंकको चार प्रतिशत ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ ।  बैंकको ६० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।  मंगलवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै शेयरधनीले बुधवारबाट कारोबार गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

असार ९, काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । उक्त कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव बिहीवारबाट लगानीकर्ताले यो ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् । नेपाल स्टक एक्सचेञ्ज  र उक्त कम्पनी बीच ऋणपत्र सूचीकृत गर्ने सम्झौता भएसँगै उक्त ऋणपत्र कारोबारयोग्य हुने छ । कम्पनीको नौ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड- २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो ।