साउन २६, काठमाडौं । कृषि विकास बैंकको चार प्रतिशत ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ ।
बैंकको ६० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न सक्नेछन् । मंगलवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै शेयरधनीले बुधवारबाट कारोबार गर्न सक्नेछन् ।