मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचीकृत

भदौ १७, काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्सेमा) सूचीकृत भएको छ । कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा २०८४/ ८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो । उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच बिहीवार सूचिकरण सम्झौता भएसँगै आगामी आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।  

सम्बन्धित सामग्री

मुक्तिनाथको ऋणपत्र सूचीकृत

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्जबीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आह्वान […]