भदौ २१, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि खरीदविक्री गर्न सकिने छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्कासन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
सोमवार गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता भएसँगै मंगलवारदेखि कम्पनीको ऋणपत्र खरीदविक्री गर्न मिल्नेछ ।