साउन २६, काठमाडौं । नेपाल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ ।
बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब उक्त ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न सक्नेछन् । मंगलवार नेपाल स्टक एक्सचेञ्ज र बैंक बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएकाले शेयरधनीले बुधवारबाट दोस्रो बजारमा खरीदविक्री गर्न सक्ने भएका हुन् ।