सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।यही संकेतमा ऋणपत्र कारोबारमा […]

सम्बन्धित सामग्री

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा बैंक लिमिटेडको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।  १० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९...

१ करोड ४१ लाख कित्ता ऋणपत्र निष्कासनको पर्खाइमा ५ ओटा कम्पनी

जेठ ९, काठमाडौं । धितोपत्र दोस्रो बजारमा पाँच ओटा कम्पनीहरुको १ करोड ४१ लाख कित्ता ऋणपत्र थपिने भएको छ । चार ओटा वाणिज्य बैंक र एउटा विकास बैंकले उक्त कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन् । ती मध्ये कामना सेवा विकास बैंकले २०७८ साल असार ४ गतेनै ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।   कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी गरेको हो । कम्पनीको आवेदन स्वीकृति प्रक्रिया जवाफ र समिक्षा चरणमै रहेको छ । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  यसैगरी २०७८ साल फागुन १६ गते नेपाल एसबिआई बैंकले ५ वर्षे अवधिको ९ दशमलव २५ प्रतिशत ब्याजदर उल्लेख ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । सानिमा क्यापिटल लिमिटेडले विक्रीको जिम्मा लिएको यो ऋणपत्रको निवेदन स्वीकृति प्रक्रिया प्राम्भिक समिक्षा अन्तर्गतनै रहेको छ ।  प्राइम कमर्सियल बैंकले १० दशमलव १५ प्रतिशत ब्याजदर रहेको ५ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ भने सिद्धार्थ बैंकले १० वर्षे अवधिको १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाण्डूले ७ वर्षे  अवधिको १० दशमलव ५ प्रतिशत ब्याजदरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  प्राइम कमर्सियल बैंकले यस वर्षको वैशाख २२ गते, सिद्धार्थ बैंकले वैशाख २५ गते र वैक अफ काठमाण्डूले वैशाख २६ गते बोर्डमा निवेदन दिएको हो । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल, सिद्धार्थको कुमारी क्यापिटल र बैंक अफ काठमाण्डूको एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने क्रम निरन्तर चलिरहेको छ । धितोपत्र बजारमा सूचीकृत अन्य धितोपत्रहरु सरह ऋणपत्रको कारोबार भने नियमित भएको देखिदैंन । सरकारले गत वर्ष ऋणपत्रको बजार विस्तारलाई प्राथमिकताका साथ बजेटमा प्रस्तुत गरेको थियो । सरकारी ऋणपत्रहरुको पनि धितोपत्र दोस्रो बजारमा कारोबार हुन सक्ने वातावरण तयार गर्दै ऋणपत्रको बजार विस्तार गर्ने योजना सरकारको थियो ।  यो वर्ष बजार सञ्चालक र नियामक निकायमा केहि समय नेतृत्व विहिनको अवस्था आएकाले पनि यो विषय प्राथमिकतामा पर्न नसकेको जानकारहरु बताउँछन् । यस वर्षको बजेटमा पनि यो विषयलाई पुनः उठान गरी ऋणपत्रको बजार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने माग सरोकारवाला निकायहरुले गरेका छन् । प्राथमिक बजारमै प्रतिकित्ता रू. १ हजार मूल्य पर्ने ऋणपत्रको कारोबार दोस्रो बजारमा नियमित हुन सके यसले बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरुको छ । निश्चित अवधिका लागि निश्चित ब्याजदरका आधारमा लगानी गर्ने ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत हुने हुँदा यसप्रति लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण अन्य धितोपत्रहरुको सरहनै रहेको लगानीकर्ताहरुको बुझाइ छ ।  तोकिएको अवधिभन्दा अगावै आफुलाई रकम आवश्यक परे दोस्रो बजारमा सहजै विक्री हुने गरी ऋणपत्रको खरीद माग सृजना हुने वातावरण बन्नुपर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।

मुक्तिनाथ बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत भएको छ । मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को प्रतिकित्ता १ हजारका दरले १२ लाख ५० हजार कित्ता नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८४/८५ मा परिपक्व हुने यस ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा दिइने छ । सानिमा क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक […]