वैशाख २२, काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो ।