मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।