कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको हो । यसैगरी पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट ३ भदौ राति सशस्त्र प्रहरीले करिब ५९ लाख ३४ हजार सात सय ५८ रुपैयाँ बराबरको प्रज्ञापनपत्र विनाको विभिन्न सामान बरामद गरेको छ । वीरगन्जबाट प