खोटाङ - चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ ।
आसन्न दशैँ तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाण्डाै ओहोर–दोहाेर गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो ।
खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एवम् चाडपर्वका समयमा सहज आवतजावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो ।
गाउँपालिकाले वर्षायाममा सडकमा खसेको पहिरो, ढुङ्गा मा...