धुले सडक खण्डको स्तरोन्नति काम सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडक निर्माणको शिलान्यास गर्नुभएको हो । सडक स्तरोन्नतिसंगै पर्यटकको आगमनमा वृद्धि हुने भएकाले गुणस्तरीय सडक निर्माण गर्न उहाँले निर्देशन दिनुभयो । सडकको लागत ४० करोड […]