दशैं नजिकिएसँगैं नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु

चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । दशैं नजिकिएपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको हो । गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव४ किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर खण्डलाई पश्चिम खण्ड […]

सम्बन्धित सामग्री

नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सांसद भुसालको माग

काठमाडौं- नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेकोले यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन्। […]

नारायणगढ-बुटवल सडकखण्ड विस्तार तीव्र

राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार तीव्र पारिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको आलोचना खेपीरहेको आयोजनाले पछिल्लो समय दिनरात काम भइरहेको जनाएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड १८ किलोमिटर कालोपत्र

नवलपरासी– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), […]

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी

काठमाडौं, कात्तिक ६ ।  सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र […]

नारायणगढ-बुटवल सडकखण्ड बिस्तारमा ढिलाइ, १८ प्रतिशतमात्रै काम सम्पन्न

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड बिस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ। आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो। नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का […]

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै

१४ भदौ, चितवन । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ । ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ गते भित्र काम सकिसक्नु पर्नेमा जम्मा १८.४४ प्रतिशत […]

नारायणगढ–बुटवल सडक: प्रगति १८ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन्। तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ।...

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम ३६ महिना बित्दा १५ प्रतिशत मात्र सकियो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम १५ प्रतिशत मात्रै सकिएको छ । एसियन राजमार्गको गुणस्तर मापदण्डमा ४२ महिनाभित्र सक्ने गरि ठेक्का सम्झौता भए पनि ३६ महिनावित्दा समेत उल्लेख प्रगति हुन सकेको छैन । २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको काम १५ प्रतिशतमात्रै भएको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा […]

पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

काठमाडौं- पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड  अवरुद्ध भएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण  कावासोती थानाचोक नजिकै  राजमार्गमा बिछ्याइएको ह्युमपाइप बगाएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक बिहानैदेखि अवरुद्ध छ। यसले गर्दा पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ। डाइभर्सन निर्माण गरि सवारी सन्चालन गरिने प्रहरीले जनाएको छ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ ।     मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन सकेको थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तारका लागि आवश्यक पर्ने रुख काट्न शुरु गरिएको नारायणगढ–बुटवल...