रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ । बर्खाका कारण तीन महिनासम्म बन्द भएको सडक सञ्चालनमा ल्याइएसँगै स्तरोन्नतिको काम अघि बढेको हो ।
बाटो फराकिलो बनाउने, पर्खाल लगाउने काम अघि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । ‘हामीले केही दिन अघिदेखि काम सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तिहारका कारण केही दिन काम रोकिन्छ ।’ तिहारपछि भने काम...