मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’को दोस्रो अडिसन माघ १० गते हुने भएको छ ।
‘अल साइज इज ब्युटिफूल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो ।
काठमाडौंको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कूल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये अडिसनबाट कूल ९ जना फिनालेका लागि छनोटमा भएका छन् ।
टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्र...