खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
खोटाङ – जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो । […]
काठमाण्डाै – औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो ।
दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ...
औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभाग
काठमाडौँ – मध्य पहाडी राजमार्गबाट उपत्यका प्रवेश गर्ने साँखु फट्केश्वर बाउनेपाटी सडकको निर्माणाधीन खण्डमा गुणस्तरहीन कामलाई ठेकेदार कम्पनीले सुधार गर्न थालेको छ। शंखरापुरको बाङ्ग्रेसबासदेखि सिन्धुपाल्चोकको सीमासम्म निर्माण भइरहेको पाँच किलोमिटर सडकमा ठेकेदार कम्पनीले सवबेस राख्दा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामग्री प्रयाेग गरेपछि सडक डिभिजन कार्यालय काठमाडौँले सुधार गर्न निर्देशन दिएको थियो। पिच गर्नुअघि बसबेस राख्दा […]
कञ्चनपुर, २० माघ: शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ । बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो । निर्माण कम्पनीलाई पत्राचार गर्दै […]
औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई बजारबाट फिर्ता गरेको छ । विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालिको औषधि गुणस्तरहीन भएको भन्दै औषधि विक्री वितरणमा रोक लगाएको हो । बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामको औषधि न्यून गुणस्तरको फेला परेको औषधि व्यवस्था विभागले जनाएको छ ।विभागले सो औषधि आयातकर्ता र तिनका प्रतिनिधिलाई सेपोब्याक्ट ड्राई सिरप औषधि फिर्ता गर्न निर्देशन दिएको छ । यस औषधिले ब्याक्टेरिया फैलाउनबाट रोक्न सहयोग गर्दछ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट (ओपीसी–४३ ग्रेड), युनाइटेड सिमेन्ट (ओपीसी–५३ ग्रेड) र जगदम्बा सिमेन्ट (पीपीसी) गुणस्तरहीन भएको ठहर गरेको छ । सम्बन्धित कम्पनीलाई यी सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ । उल्लेखित सिमेन्ट कम्पनीहरूले गुणस्तर मापदण्ड पूरा नगरेकोले कारबाही प्रकृया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभा