काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीले उत्पादन गरेको औषधि बिक्री-वितरणमा रोक लगाएको छ । बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिका नमूना परिक्षण गर्दा ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ एसभट (भिटामिन सी) गुणस्तरहीन भएकाले बिक्री–वितरणमा रोक लगाएको हो । विभागले आइतबार एक सूचना जारी गर्दै काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले […]
औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभाग