सेफोडोक्साइम प्रोसेटिल औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई बजारबाट फिर्ता गरेको छ । विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालिको औषधि गुणस्तरहीन भएको भन्दै औषधि विक्री वितरणमा रोक लगाएको हो । बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामको औषधि न्यून गुणस्तरको फेला परेको औषधि व्यवस्था विभागले जनाएको छ ।विभागले सो औषधि आयातकर्ता र तिनका प्रतिनिधिलाई सेपोब्याक्ट ड्राई सिरप औषधि फिर्ता गर्न निर्देशन दिएको छ । यस औषधिले ब्याक्टेरिया फैलाउनबाट रोक्न सहयोग गर्दछ ।

सम्बन्धित सामग्री

यी दुई आयुर्वेदिक औषधी प्रयोग नगर्न विभागको आग्रह

काठमाडौं : औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।  नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो। बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्या

गुणस्तरहीन भएकाे भन्दै दुई प्रकारका आयुर्वेदिक औषधि बिक्रीमा विभागकाे राेक

काठमाण्डाै – औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो । दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ...

गुणस्तरहीन औषधि उत्पादन गरेपछि क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको औषधि  गुणस्तरहीन भएको पाइएको छ।

क्युरेक्स फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि गुणस्तरहीन, लाइसेन्स खारेज

२६ मंसिर, काठमाडौं। नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो । औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो । औषधिमा गम्भीर […]

भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डाै - काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो । माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । विभागले फिर्ता गर्...

भिटामिन सी औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन

बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न  औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ । Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg  औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको थियो ।विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं. का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्र

बायोकल 'डी' र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डाै - बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो । विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ । विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

गुणस्तरहीन भारतीय औषधि बिक्री वितरणमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।

गुणस्तरहीन भएको भन्दै भारतीय ‘पिरिमाइड’ औषधि बिक्रीमा रोक

भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएको भन्दै औषधि व्यवस्था विभागले तत्काल बिक्री–वितरणमा रोक लगाएको छ।