एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोभिचको रिट निवेदनमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना प्रोटोकल पालाना नगरेको भन्दै उनको भिसा रद्द गरिएपछि उनले अदातलमा रिट निवेदन दिएका थिए।जोकोभिच बुधबार अस्ट्रेलिया ओपन टेनिस खेल्न त्यहाँ पुगेका थिए। तर उनले कोरोना खोप लगाए-नलगाएको स्पष्ट नभनेकाले उनलाई भिसा रद्द गरेर विमानस्थलमै रोकिएको थियो। […]